Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


बर्दियामा मध्यराति घरमै भइन् १३ वर्षीया बालिका सामूहिक बलात्कारकाे शिकार


6.1k
Shares

काठमाडाैं । बर्दियामा मध्यराति एक १३ वर्षीया बालिका घरमै सामूहिक बलात्कारकाे शिकार भएकी छन् ।

प्रहरीले बालिका बलात्काको अरोपमा दुई जनालाई पक्राउ समेत गरेकाे छ ।

पक्राउ पर्नेमा २७ वर्षीय शनिराम चौधरी र २५ वर्षीय राधेश्याम चौधरी रहेका छन् ।

राजापुर नगरपालिका- ६ जोगीपुरकी ती बालिकालाई शुक्रबार राति करिब ११ देखि १२ बजेको बीचमा कच्ची घर पछाडिको भित्ता फोडेर आराेपीहरुले बलात्कार गरेका हुन् ।

पीडित बालिकाका आमाबाबु भारत गएको समय हजुरबुबासँग कच्ची घरमा बस्दै आएकी थिइन् ।