Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


शिवराजमा धूम्रपान गरे कारवाही


754
Shares

कपिलवस्तु । शिवराज नगरपालिकाले सार्वजनिक स्थलमा धूम्रपान गरे कारबाही गर्ने भएको छ।

पालिकाले एक सूचना जारी गर्दै सार्वजनिक स्थलमा धूम्रपान गर्नेलाई कारबाही गर्न प्रहरी प्रशासनलाई आग्रह गरेको छ ।

नगरपालिकाले सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती लगायतकाे पदार्थ सेवन गर्न निषेध गरिएको जानकारी दिएको छ।

सार्वजनिक स्थललाई धूम्रपानमुक्त बनाउन सहयोग गरिदन नगरपालिकाले आग्रह गरेको छ ।