 
	    काठमाडौं । हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणाली छैन ।
शनिबार बिहान देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । त्यस्तै, देशका तराईका भू-भागमा भने हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शनिबार दिउँसो भने प्रदेश-१ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने भएकाे छ । त्यस्तै, बाग्मती प्रदेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, प्रदेश-१ र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा भने हल्का हिमपातको समेत सम्भावना रहेको छ ।
शनिबार राति भने लुम्बिनी प्रदेशका साथै प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुने भएकाे । त्यस्तै, अन्य भू-भागमा भने मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्