Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


बैंकिङ कसूर मुद्दामा ९९ जनालाई ३० दिनभित्र उपस्थित हुन अदालतकाे आदेश


208
Shares

काठमाडौं । उच्च अदालत पाटनले बैंकिङ कसूर मुद्दामा ९९ जनालाई ३० दिनभित्र बयानका लागि उपस्थित हुन आदेश दिएको छ ।

अदालतले पुस ४ गते सोमबारको मितिदेखि ३० दिनभित्र बयानका लागि अदालतमा हाजिर हुन आदेश दिएको हो । उनीहरू बयानका लागि तोकिएको समयमा हाजिर नभए कानून बमोजिम कारबाही प्रक्रिया अघि बढाउने उच्च अदालत पाटनले जारी गरेको सूचनामा उल्लेख गरिएकाे छ ।

यि सबै मुद्दाहरूमा नेपाल सरकार प्रतिवादी रहेकाे छ । बयानका लागि बोलाइएकाहरूमा सुर्खेतका देवी कृष्ण न्यौपाने, काठमाडौं स्वयम्भुका लालबहादुर घले, काठमाडौं बौद्धका प्रेम खत्री, काठमाडौं गोकर्णेश्वरका केदार बोहरा, भारतको बिहार घर भई हाल काठमाडौंको कुलेश्वर बस्ने मुकेश शाह लगायत ९९ जना रहेका छन् ।