४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


अहिलेसम्म ६३ क्षेत्रको नजिता सार्वजनिक


2.665k
Shares

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।

अहिलेसम्म प्रतिनिधि सभातर्फ घोषित ६३ स्थान मध्ये कांग्रेसले २५ स्थानमा जित हासिल गरेको छ । यस्तै, एमाले १३ ठाउँमा विजयी हुँदा नेकपा माओवादी केन्द्रले ७ ठाउँमा जितेको छ ।

यसैगरी, नेकपा एकिकृत समाजवादीले ६ ठाउँमा जित्दा राष्ट्रिय स्वतन्त्र पार्टी ४ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले दुई दुई ठाउँमा जित हासिँल गरेका छन् । जसपा, राष्ट्रिय जनमोर्चा, जनमत पार्टी र स्वतन्त्र एक–एक स्थानमा विजयी भएका छन् ।

जारी मतगणनामा प्रतिनिधिसभातर्फ कांग्रेस ३१ स्थानमा अगाडि रहेको छ भने एमाले ३२ सिटमा अगाडि देखिएको छ । यस्तै, माओवादी केन्द्र १०, एकीकृत समाजवादी ५, राष्ट्रिय स्वतन्त्र पार्टी ५, जसपा ५ तथा लोसपा ३ ठाउँमा अगाडि छन् ।

राप्रपाले ३ ठाउँमा अग्रता लिँदा नागरिक उन्मुक्ती पार्टीले एक ठाउँमा अग्रता लिएको छ ।