१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


अश्लिल खजनामा भुल्न पाेपकाे चेतावनी


1.495k
Shares

एजेन्सी । ईशाइ धर्मगुरु पोप फ्रान्सिसले पादरी र भिक्षुणीहरुले पनि अश्लिल साहित्य तथा फिल्म हेर्ने गरेको भन्दै त्यसले धार्मिक शुद्धतामा विचलन ल्याउने बताउनु भएको छ ।

८६ वर्षीय पोपले भ्याटिकन सिटीमा आयोजित वरिष्ठ धर्मगुरुहरुको सभामा बोल्ने क्रममा डिजिटल मिडिया र सामाजिक सञ्जालले मानिसहरुमा राक्षसी प्रवृत्ति भित्र्याईरहेको जिकीर गर्नुभयो ।

पादरी र भिक्षुणीहरु समेत अश्लिल खजानामा भुल्ने गरेको भन्दै उहाँले सामाजिक सञ्जाल र डिजिटल मिडियाबाट आफूहरु पनि दुष्ट आत्मा प्रवेश गरिरहेको टिप्पणी गर्नुभयो । अश्लिल साहित्य र खजाना दिने लिंकहरु आ–आफ्ना मोबाइलबाट हटाउन सुझाव दिदै उहाँले त्यस्ता खजानाप्रति लालायित नहुन चेतावनी पनि दिनुभयो ।

सामाजिक सञ्जालको प्रयोग उचित कामका लागि प्रयोग गर्न सकिने भन्दै त्यसमै समय खेरा फाल्न नहुनेमा जोड दिनुभयो । चर्चहरुमा यौन दुराचार हुने र ती भित्रभित्रै दबाएर राख्ने गरिएका खबरहरु सार्वजनिक भईरहँदा पोपले सरोकारवालाहरुलाई सचेत गराउनु भएको हो ।