
सुनसरी, जेठ २७ । धरान उपमहानगरपालिकामा डेंगीको संक्रमण देखापरेको छ ।
धरान–२० का १९ वर्षीय भूपाल तामाङलाई डेंगीरोग देखापरेको हो ।
डेंगीले थलापरेका उनी विजयपुर अस्पताल धरानमा उपचारका लागि भर्ना भएका छन् ।
तामाङको अवस्था सामान्य रहेको जनाइएको छ ।
एक महिनाअघि धरान–७ स्थित सन्ध्या इन होटलका सवारीचालक दीपक क्षेत्रीमा पनि डेंगीको संक्रमण देखिएको थियो ।
प्रतिक्रिया दिनुहोस्