Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


सशस्त्र प्रहरी सीमामा तस्कर पक्राउ गर्न सक्रिय


0
Shares

बारा । सशस्त्र प्रहरी बारा सीमामा तस्कर पक्राउ गर्न सक्रिय भएको छ ।

लकडाउनका बेला मुख्य सडक र राजमार्ग छोडेर खुल्ला सिमानाका विभिन्न ग्रामीण क्षेत्रबाट लागु औषध ओसारपसार तथा तस्करी हुन थालेपछि सशस्त्र प्रहरी बाराले सीमामा कडाइ गरी तस्कर पक्राउ गर्न थालेको हो ।

सशस्त्र प्रहरीको विओपी बरैनियाको टोलीले हिजो भारतबाट लुकाएर नेपालतर्फ ल्याउँदै गरेको विभिन्न लागूऔषध सहित बारा विश्रामपुर गाउँपालिका–३ मुसहर्वाका धन्नजय यादवलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल बाराका प्रमुख दिगविजय सुबेदीले जानकारी दिए ।

सीमामा हरेक चार सय मिटरदेखि छ सय मिटरमा सशस्त्र प्रहरी खटिएको र बीचको खाली स्थानमा गस्ती बढाइएको छ ।