Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


चलचित्र कलाकार संघद्वारा प्रहरीमा उजुरी


0
Shares

सागर महर्जन (इमेज)

काठमाडौं, जेठ १४ । एक अर्को देशका वेबसाइट ‘ह्याक’ गर्ने होडबाजीमा उत्रेका नेपाल र भारतका ‘साइबर ह्याकर’हरुको लडाइँको असर व्यक्तिगत जीवनमा पनि पर्न थालेको छ ।

एक वेबसाइटले नेपाली अभिनेत्रीहरुको ‘फेक’ अश्लील भिडियो सार्वजनिक गरेर कलाकारहरुलाई आतंकित पारेको छ ।

वेबसाइट ह्याकमा उत्रेका भारतीय ह्याकरहरुले केही दिनअघि एक दर्जन नेपाली कलाकारहरुको फेक अश्लील भिडियो रहेको दाबी गरेको केही दिनमै दुई फोटोको दुरुपयोग गरेर दुई नेपाली अभिनेत्रीको फेक अश्लील भिडियो सार्वजनिक भएको छ ।

प्रविधिको चरम दुरुपयोग गर्दै अभिनेत्रीहरुको चरित्र हत्या भएको भन्दै नेपाल चलचित्र कलाकार संघले यो विषय नेपाल प्रहरीमा पुर्‍याएको छ ।

केही समयअगाडि भारतीय सञ्चारमाध्यमहरुले नेपाली मूलकी भारतीय अभिनेत्री मनिषा कोइरालालाई खेदो खनेका थिए ।

अहिले दुई नेपाली नायिका ह्याकरहरुबाट पीडित भएको सन्दर्भमा अनुसन्धान भइरहेको नेपाल प्रहरीको साइबर ब्यूरो प्रमुख नविन्द्र अर्यालले जानकारी दिए ।

अश्लील भिडियो सार्वजनिक गर्ने वेबसाइटहरु बन्द गरिसकिएको छ ।

नायिकामात्र होइन, नेपाली नागरिक कोहीपनि प्रविधिको दुरुपयोगको सिकार बन्नुहुँदैन ।

नेपाल प्रहरीले यो प्रकरणको गहिरो अनुसन्धान गरी दोषीलाई कडा कारबाही गरी भविष्यमा यस्ता घटना नदोहोरिने वातावरण बनाउनुपर्दछ ।

भिडियो हेर्नुहोस्