५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


काभ्रेका स्थानीय तहले जग्गा बर्गीकरण नगर्दा अंशबण्डा रोकियो


702
Shares

काभ्रे । सरकारले स्थानीय तहलाई जग्गा बर्गीकरण गरेर मात्रै कित्ताकाट गर्न गरेको परिपत्र स्थानीय तहले कार्यान्वयन नगर्दा समस्या उत्पन्न भएको छ ।

भू–उपयोग ऐन २०७६ तथा भू–उपयोग नियमावली, २०७९ अनुसार जग्गा कित्ताकाट गर्न भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरेको परिपत्र जिल्लाका १३ वटै स्थानीय तहले कार्यान्वयन गरेका छैनन् ।

जग्गाको स्थायी तथा अस्थायी बर्गीकरण नहुँदा कारोबार ठप्प भएको छ । जसकारण अंशबण्डा समेत हुन सकेको छैन । अहिले जग्गा रोक्का लगायतका कार्यबाहेकका अन्य काम नहुँदा राजश्व गुम्नुका साथै सर्वसाधारणले दुःख पाएको काभ्रेका ममालपोत अधिकृत नविनकिशोर अधिकारीले बताउनुभयो ।

नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन, काभ्रेले पनि जिल्लाका १३ वटै स्थानीय तहमा ज्ञापन पत्रमार्फत तत्काल जग्गा बर्गीकरणको लागि अनुरोध गरेका छन् । दैनिक पाँच जनासम्मको अंशबण्डा हुँदै आएकोमा स्थानीय तहको लावपरबाहीले व्यक्तिले अंशको हकसमेत हनन भएको समितिको ठहर छ ।

जग्गा बर्गीकरण नहुँदा लिखत पास समेत घटेको छ । आर्थिक वर्ष २०७७/२०७८ मा ३६ हजार २ सय ६५ वटा लिखत पास भएको मालपोत कार्यालयमा आर्थिक वर्ष २०७८/२०७९ मा २८ हजार ४ सय ४६ वटा मात्रै लिखत पास भएका छन् ।

अहिले काभ्रेपलाञ्चोक जिल्लामा २ लाख ६४ हजार २ सय ७४ जग्गा धनी छन् ।