Logo ३१ भाद्र २०८३, बुधबार | Wed Sep 16 2026


मदन पुरस्कारका लागि आठ कृति छनोट


104
Shares

काठमाडौं । मदन पुरस्कार गुठीले २०७८ सालको मदन पुरस्कारका लागि आठ वटा कृति छनोट गरेको छ ।

पुरस्कारका लागि विभिन्न स्रष्टाका २९९ कृति प्राप्त भएकोमा छनोट समितिले ८ वटा कृति छनोट गरेको हो ।

छनोट भएका कृतिमा डा. नवराज लम्सालको ‘अग्नि’, दामोदर पुडासैनीको ‘नीलो बतास’, बसन्त बस्नेतको ‘महाभारा’, दीपा मेवाहाङ राईको ‘यादको सन्दुक’, डा. नयनाथ पौडेलको ‘लिच्छिवी लिपि’, प्रा. निलमणि ढुङ्गानाको ‘संस्कृत–नेपाली शव्दकोश’, सुजित मैनालीको ‘सती’ र पद्यसुन्दर जोशीको ‘हिति प्रणाली’ रहेका छन् ।

यी मध्ये एक कृतिलाई उत्कृष्ट छनोट गरी पुरस्कार प्रदान गरिने गुठीले जनाएको छ ।