Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


बलात्कार आरोपमा युवक पक्राउ


0
Shares

कपिलवस्तु । किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

कृष्णनगर नगरपालिका वडा ११ औरहवा बस्ने २४ वर्षीय रामतिरथ यादवलाई सोही गाउँमै बस्ने १५ वर्षीयालाई बलात्कार गरेको अभियोगमा शनिबार गणेशपुर प्रहरीले पक्राउ गरेको हो ।

गत शुक्रबार राति यादवले बालिकालाई घरमै बोलाएर बलात्कार गरेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले आरोप लगाए । रासस