 
	    काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बिहीबार दिउँसो बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ ।
कुनै राजनीतिक घटना क्रम नभए सरकारले बिहीबार प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गर्दैछ ।
सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच बुधबार भएको छलफलमा आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने सहमति भएकाले सरकारले बिहीबार बस्ने मन्त्रिपरिषद बैठकबाट निर्वाचनको मिति घोषणा गर्ने संभावना बढेको हो ।
तर, निर्वाचन घोषणापछि राजजीतिक नियुक्ति तथा सरूवा बढुवाहरू रोकिने भएकाले ती कार्य पूरा गर्नका लागि मिति घोषणामा बिलम्वन हुनसक्ने आशंका पनि गरिएको छ ।
निर्वाचन आयोगले अहिले नै निर्वाचनको मिति मंसिर ४ का लागि घोषणा गर्दा पनि कतिपय प्रक्रियाहरू छोट्याउनु पर्ने बताएकाले सरकारमाथि निर्वाचनको मिति घोषणाको दबाब पनि उत्तिकै छ ।
निर्वाचन आयोगका पदाधिकारीले गत असार २२ मा प्रधानमन्त्री देउवा र मन्त्रीहरूलाई भेटेर एकै चरणमा मंसिर २ गते प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन गर्न सुझाव दिएका थिए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्