Logo २० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026


जनार्दन शर्मा फेरि अर्थमन्त्रीमा नियुक्त


65
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा सांसद जनार्दन शर्मा पुन : अर्थमन्त्रीमा नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई आईतबार अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । शर्माले आईतबार नै मन्त्री पदको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।आर्थिक वर्ष २०७९/०८० को बजेट पेश गर्ने अघिल्लो दिन गत जेठ १४ गते राती अर्थमन्त्रालयमा करका दर हेरफेर गराउन अनाधिकृत व्यक्ति ल्याएको भन्ने आरोप लागेपछि तत्कालीन अर्थमन्त्री शर्माले गत असार २२ गते पदबाट राजीनामा दिनु भएको थियो ।

सोही दिन शर्मामाथि छानबिन गर्न संसदीय समिति बनेको थियो । तर, समितिले बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्ति अर्थमन्त्रालयको बजेट निर्माणमा संलग्न नरहेको भन्दै शर्मालाई निर्दोष ठहर गरेको थियो ।