Logo १६ कार्तिक २०८२, आइतबार | Sun Nov 2 2025


माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


117
Shares

काठमाडौंं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज आइतबार बस्दैछ ।

पार्टी कार्यालय पेरिसडाँडा दिउँसो ३ बजे बस्ने बैठकमा पदाधिकारी चयन र पोलिटब्युरोबारे छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

बैठकमा संसदीय छानविन विशेष समितिले बजेटमा करको दर हेरफेरमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको संलग्नता पुष्टि हुन नसकेको प्रतिवेदन बुझाएकाले माओवादीले फेरि शर्मालाई नै अर्थमन्त्रीको रुपमा पठाउने कि अर्को व्यक्तिलाई पठाउने भन्ने निर्णय गर्न सक्ने सम्भावना छ ।

गत शुक्रबार बसेको स्थायी कमिटि बैठकले प्रदेश बैठकका तालिका हेरफेर गरेको थियो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान जाने भएपछि माओवादीका पूर्वनिर्धारित प्रदेश बैठकहरु सारिएको थियो ।