Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


एक करोड नौ लाख भारुसहित दुईजना समातिए


0
Shares

विराटनगर, वैशाख २३ । विराटनगर भन्सारबाट सशस्त्र प्रहरीले एक करोड नौ लाख भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

मंगलबार दिउँसो एकीकृत भन्सार जाँचचौकी विराटनगर परिसरबाट एक करोड नौ लाख ७९ हजार ५३० रुपैयाँ भारतीय पैसासहित उनीहरुलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीको नियमित चेकजाँचका भारतको सुपौलबाट आएको खाली ट्रकमा पैसासहित भारतको दार्जिलिङ जिल्ला, सिलिगढी गंगानगर वडा नम्बर–५ का २४ वर्षीय चालक रवीन्द्र शर्मा र भारतकै जिल्ला महजपुर, बिहार रौतिमिया वडा नम्बर–१२ का १८ वर्षीय पप्पु कुमार पक्राउ परेका हुन् ।

नाकामा भारतबाट प्रवेश गरेको डब्लुबी ७३ ई ७६३५ खाली गाडी चेकजाँच गर्नेक्रममा बोराभित्र राखेको अवस्थामा सो रकम फेला परेको थियो ।

खाली गाडीमा गुट्खाको र्‍यापरले बेरेर लुकाएर ल्याइएको अवस्थामा सो रकम बरामद भएको हो । जसमा २१ हजारभन्दा बढी ५०० का प्रतिबन्धित नोट रहेका प्रहरीले जनाएको छ ।