Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


पेस्तोलसहित तीनजना पक्राउ


0
Shares

कैलाली, वैशाख २२ । कैलालीमा कटुवा पेस्तोलसहित तीनजना पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका जोख्खरतालमा केही व्यक्तिसँग हातहतियार छ भन्ने सूचनाका आधारमा प्रहरीले खोजतलास गर्दा जंगलबाट एकथान कटुवा पेस्तोल र त्यसमा प्रयोग गरिने एक गोलीसहित तीनजनालाई  पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले धनगढी उपमहानगरपालिका–१२ का २० वर्षीय अविनाश थापा, २० वर्षकै नवराज बराइली र २५ वर्षीय विनोद कुँवरलाई पक्राउ गरिएको बताए ।

उनीहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।