Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


बालिका बलात्कार गरी फरार भएका युवक पक्राउ


0
Shares

दाङ । बलात्कार गरी फरार भएका अभियुक्तलाई  प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

बालिकालाई बलात्कार गरेको आरोपमा सात महिनादेखि फरार अभियुक्तलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २५ वर्षीय थम्मनबहादुर कुँवर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले जानकारी दिए ।

गत भदौ २४ गते बालिकालाई बलात्कार गरी फरार रहेका युवकलाई चैत २९ गते पक्राउ गरी आवश्यक  कारवाहीका लागि प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

कुँवरमाथि हाडनाता करणी र जबर्जस्ती करणीसम्बन्धी मुद्दा चलाइएको बताइएको छ । रासस