Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


सर्लाहीमा गाँजासहित ६ जना पक्राउ


429
Shares

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका– १३ पत्थरकोटबाट प्रहरीले लागू औषध गाँजासहित ६ जना पक्राउ गरेको छ ।

सुराकीको आधारमा प्रहरीले सर्लाही लालबन्दी नगरपालिका – १३ पत्थरकोटबाट लागू औषध गाँजा २ सय ३७ किलो ६०० ग्राम तथा ओसारपसारमा प्रयोग भएको २ वटा मोटरसाइकल सहित ६ जना पक्राउ गरेको हो ।

सर्लाही लालवन्दी नगरपालिका– १३ पत्थरकोट वस्ने ३८ वर्षीय कान्छा मान थिङ, २१ वर्षीय सुनिल दोङ, १९ वर्षीय बिशाल थिङ, २१ वर्षीय मिलन थिङ, १९ वर्षीय निकेश दोङ, १९ वर्षीय राज वम्जनलाई गाँजासहित आज बिहान पक्राउ गरेर जिल्ला अदालत सर्लाहीवाट ५ दिनको म्याद थप गरि थप अनुसन्धान गरिने ईलाका प्रहरी कार्यालय लालबन्दी, सर्लाहीका प्रमुख शान्ताराम कार्कीले बताउनुभयो ।