Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


उदयपुरकोे एक मस्जिदमा लुकेर बसेका १२ भारतीय र चार नेपाली समातिए


0
Shares

उदयपुर, वैशाख २ । उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केस्थित मस्जिदमा लुकेर बसेका १२ जना भारतीय नागरिक र चारजना नेपालीलाई मंगलबार जिल्ला प्रशासन कार्यालयले नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई स्थानीयको सूचनाको आधारमा प्रशासनले नियन्त्रणमा लिएको हो । उनीहरु सबै मुस्लिम समुदायका हुन् ।

१२ जना भारतीयले आफूहरु ‘लकडाउन’अगाडि नै आएको र लकडाउनका कारण फर्कन नपाएको दाबी गरेका छन् ।

स्थानीयले भने लकडाउनभन्दा पछि चोरबाटो हुँदै उनीहरु आएको बताएका छन् ।

उनीहरु सबैको स्वाब परीक्षणको नमुना संकलन गरिने जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।