बिराज रोस्यारा (इमेज)
कैलाली, वैशाख २ । कैलालीमा १७ वर्षीया एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार युवक पक्राउ परेका छन् ।
जिल्लाको गौरीगंगा नगरपालिका–१, चनौरामा सोमबार दिउँसो आफन्तको घरबाट धनगढी फर्कनेक्रममा किशोरीलाई जबर्जस्ती करणी गर्ने चार युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–४ का २० वर्षीय नरेश नेपाली, २१ वर्षीय अर्जुन सावद, २० वर्षीय निर्मल चौधरी र २४ वर्षीय नरेश भट्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
किशोरीलाई धारिलो हतियार देखाएर बाटो छेकी सामूहिक करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट हँसिया र मोटरसाइकल पनि बरामद गरिएको जनाइएको छ ।








प्रतिक्रिया दिनुहोस्