Logo ४ असार २०८३, बिहिबार | Thu Jun 18 2026


म्याग्दीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, ४ जना घाइते


117
Shares

म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनमा ४ जना घाईते समेत भएका छन् । दुर्घटनामा गोरखा बारपाकका सन्तमान गुरुङको मृत्यु भएको हो। शुक्रबार साँझ बागलुङबाट टेकमाईन नेटवर्कको सामान लिएर मुस्ताङ जादै गरेको जीप र्दुघटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन ढकालले जानकारी दिनुभयो ।

जीप सडकबाट करिब ७ मिटर तल खसेको प्रहरीले जनाएकाे छ ।