Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


नापी अधिकृत श्रेष्ठसहित पाँचजना १७ लाख रुपैयाँ घुससहित पक्राउ


0
Shares

बुटवल, फागुन ३० । नापी कार्यालय रुपन्देहीका नापी अधिकृत सरोज श्रेष्ठसहित पाँचजना १७ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले श्रेष्ठसहित पाँचजनालाई सेवाग्राहीसँग घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

पक्राउ पर्नेमा नापी अधिकृत सरोज श्रेष्ठसहित सर्भेक्षक तीर्थराम भण्डारी, सर्भेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालयका नासु धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा र मतियार राजकुमार अर्याल रहेका छन् ।

उनीहरुलाई नियन्त्रणमा लिएर अख्तियारको बुटवलस्थित कार्यालयमा राखेर अनुसन्धान थालिएकोे छ ।

घटनामा अन्यको पनि संलग्नता हुनसक्ने भएकाले अनुसन्धान भइरहेको जनाइएको छ ।