कपिलवस्तु, फागुन २९ । सेवाग्राहीसँग लिएको दुई लाख रुपैयाँ घुस रकमसहित कपिलवस्तु जिल्ला अदालतमा कार्यरत एक कर्मचारीलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ ।
बिहीबार अख्तियारको बुटवलको टोलीले सेवाग्राहीसँग लिएको नगद दुई लाख रकमसँगै कपिलवस्तु अदालतमा करारमा दोभासे पदमा कार्यरत विश्वनाथ कुर्मी चौधरीलाई नियन्त्रणमा लिएको हो ।
चौधरीले ठगी मुद्दामा सहजीकरण गरिदिने भन्दै दुई लाख घुस मागेको सूचनाको आधारमा निगरानी गर्दा निजलाई घुससहित रंगेहात नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्