Logo १५ जेष्ठ २०८३, शुक्रबार | Sat May 30 2026


ठेकेदार भेटवालले गरे आत्मसमर्पण


0
Shares

काठमाडौं । ठेकेदार मनोज भेटवालले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

 भेटवालले महानगरीय प्रहरी परिसरका प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन् ।

प्रहरीले उनको खोजी तीव्र बनाइरहेकै बेला भेटवालले आत्मसमर्पण गरेको काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

भेटवाल दिल्लीबाट आजै काठमाडौं आएका हुन् । उनी जलेश्वर स्वच्छन्द विल्डर्सका सञ्चालक हुन् ।

एपेक्स बैंक घोटला काण्डमा  भेटवालको नाम मुछिएको छ । भारतमा बस्दै आएका भेटवालविरुद्ध ७५ लाख १० हजार रुपैयाँको चेक बाउन्समा उजुरी परेको थियो ।

२०७५ वैशाखमा भेटवाललाई केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले बैंकका कर्मचारीको मिलोमतोमा कमसल जग्गा धितो राखेर ११ करोड ठगी गरेको अभियोगमा नियन्त्रणा लिएको थियो।

भेटवालले राजधानीका कलंकी लगायतका आकासे पुल निर्माणका लागि भन्दै इन्नोभेटिभ कन्सेप्ट नेपालका नामबाट ऋण लिएको देखिएको छ ।

उनी प्रहरीको खोजी सुचिमा थिए । भेटवाललाई पक्रन प्रहरीले उच्च अदालत पाटनबाट अनुमति लिएको बताएको छ ।

उनी पुरानो बसपार्कमा बन्दै गरेको २१ तले भ्युटावरका ठेकेदार पनि हुन्।