
काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा आज आफ्नो कार्यभार सम्हाल्न नेपाल आउँदै छन् ।
क्वात्रा यसअघि फ्रान्सका लागि भारतीय राजदूत थिए । फ्रान्सको राजदुत रहिरहेको अवस्थामा उनलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजदूत नियुक्त गरेका थिए ।
सन् १९८८ मा भारतको परराष्ट्र सेवामा प्रवेश गरेका क्वात्रा एक समय व्यापार, अर्थ व्यवस्था र वृत्त ब्यूरोको प्रमुखका रुपमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा भारतको प्रतिनिधि थिए ।
यसअघिका भारतीय राजदुत मञ्जिवसिंह पुरी डिसेम्बरमा आफ्नो कार्यकाल पूरा गरी भारत फर्किएपछि दुई महिनादेखि राजदुत पद रिक्त थियो ।
प्रतिक्रिया दिनुहोस्