Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


बागमती प्रदेश युवा परिषद्का कार्यकारी अध्यक्ष पदमुक्त


351
Shares

हेटौंडा । बागमती प्रदेश सरकारले बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंलाई पदमुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशका विभागीय मन्त्री तथा परिषद् अध्यक्षसँग समन्वय नगरेको, सोधिएको स्पष्टिकरणको चित्तबुझ्दो जवाफ नदिएको र पत्रकार सम्मेलन गरेर परिषद्को आन्तरिक गोपनियता भङ्ग गरेको आरोप लगाउँदै चौलागाईंलाई पदमुक्त गरेको हो ।

परिषद्को स्विकृति वेगर लोगो तथा स्लोगन सार्वजनिक गरेको, ऐन कानुनको बर्खिलाप गर्दै स्वेच्छाचारी गतिविधि गर्दै गएकाले चौलागाईलाई बर्खास्त गरिएको बागमती सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले जानकारी दिनुभयो ।

चौलागाईलाई तत्कालिन डोरमणी पौडेल नेतृत्वको सरकारले २०७८ जेठ २७ गते नियुक्त गरेको थियो ।