Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


निफ्रा र सिंगापुरको सुरबाना जुरोङ समूहबीच समझदारी


364
Shares

काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखालमा स्मार्ट सिटीको विकास गर्ने प्रयोजनको लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र सिंगापुर स्थित सुरबाना जुरोङ समूहको सदस्य एसएमईसी इन्टरनेशनल बीच समझदारी भएको छ ।

निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र एसएमईसीका कन्ट्री हेड सलिम जहाँ फहिमले आज एक कार्यक्रमबीच समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

समझदारी पत्रअनुसार, सिंगापुरस्थित ग्लोबल शहरी पूर्वाधार परामर्श फर्म सुरबाना जुरोङ समूहको सदस्य एसएमईसीले प्रस्तावित स्मार्ट सिटीको निर्माणका लागि आवश्यक अध्ययन, परियोजनाको संरचनागत खाका एवं अन्तर्राष्ट्रिय अभ्यास अध्ययन विश्लेषण सम्बन्धी कार्य गर्नेछ ।

निफ्राले सहकार्यका दौरान उक्त संस्थालाई आवश्यक सहजीकरण गर्नेछ ।