Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


कैदी फरार प्रकरण जेलरसहित सात जना पक्राउ


156
Shares

काठमाडौं । दाङको घोराही कारागारका नाइके यमराज परियार फरार प्रकरणमा कारागारका जेलरसहित सात जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जेलर युवराज परियार, कारागारका असई रुद्रसिंह ठकुरी, एक प्रहरी हवल्दार, प्रहरी जवान धनबहादुर चौधरी, घोराही उप महानगरपालिकाका विपाशा चौधरी, तुलसीपुर उपमहानगरपालिका समी चौधरी, घोराही होटल प्याराडाइजका सौजन्य खनाल समेत गरी सात जना रहेका छन् ।

खनाल यसअघि पनि कारागारको कारबाही भुक्तानी गरेर निस्किएको व्यक्ति भएको र उनले नै होटलमा युवती लगायत अन्य कुराको व्यवस्थापनको भूमिका खेलेको स्रोतले बताएको छ । घटना अनुसन्धान अधिकृत अमर वलीका अनुसार दाङ जिल्ला अदालतबाट सोमबार बेलुकी पक्राउ पुर्जी जारी हुनासाथ उनीहरूलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

जेलर युवराज परियार भने दुई दिन अगाडि नै पक्राउ परिसकेको भए पनि अदालतबाट कानुनी प्रक्रिया पूरा गरेपछि मात्रै उनीहरूको पक्राउबारे जानकारी दिइएको हो । नाइके यमराज भागेकै दिन दिउँसो जेलर युवराज र यमराजको बीचमा समेत फोन संवाद भएको कल डिटेलका आधारमा पत्ता लागेको थियो् ।

यसअघि नाइके परियार घोराही कारागारका चौकीदार थिए । बालकृष्ण खाँण गृहमन्त्री भए पनि नेपाली कांग्रेस निकट मानिने नेपालगन्जका रिगल ढकाल कारागारका चौकीदार बनाइएका थिए । त्यसपछि यमराज नाइके बनेका थिए ।