Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


भक्तपुरको ङातापोल्हँ मन्दिर ३२० वर्ष पुग्यो


0
Shares

विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको ङातापोल्हँ (पाँचतल्ले) मन्दिर ३२० औं वर्षमा प्रवेश गरेको छ। भक्तपुरको टौमढी स्थित ङातापोल्हँ ३ सय १९ वर्ष पूरा भई ३२० प्रवेश गरेको हो।

यसै अवसरमा मन्दिरमा विशेष पूजा समेत गरिएको छ। प्रत्येक वर्ष असार शुक्ल प्रतिपदाको दिनलाई पाँचतल्ले मन्दिर जन्मोत्सवको रूपमा विशेष पूजा गरी मन्दिरको गजुरमा सेतो कपडामा रातो चन्द्र आकार भएको झण्डा फहराइने परम्परा समेत रहेको छ।

यस वर्ष कोरोना महामारीका कारण सामान्य पूजा गरेर झण्डा फहराइएको थियो। करिब २५ फिट लामो बाँसमा ६६ इन्च र चौडाई ४४ इन्चको कपडाको झण्डा फहराइएको थियो।

नेपाल सम्वत ८२२ मा राजा भुपतेन्द्र मल्लले असार शुक्लपक्ष प्रतिपदाका दिन पहिलो बर्षबन्ध (बुसादाँ) पुजा शुरु गरेको जनाएको छ।

Skip This