Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


विपी प्रतिष्ठानको बेथितिविरुद्ध धरानवासी पनि आन्दोलित


0
Shares

सुनसरी । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध धरानवासी पनि आन्दोलित भएका छन् ।

प्रतिष्ठान सुधारको माग राखेर २७औं दिनदेखि आन्दोलनमा उत्रिएका चिकित्सक, नर्स, कर्मचारी र विद्यार्थीहरुको आन्दोलनमा एैक्यबद्धता जनाउँदै आज धरानका सबै राजनीतिक दल र धरान नागरिक दवाव संजाल पनि आन्दोलित भएका हुन् ।

धरानवासीको वृहत् विरोध प्रर्दशनपछि कोणसभालाई सम्बोधन गर्दै धरान नागरिक समाजका अध्यक्ष डा. राजेन्द्र शर्माले बिपी प्रतिष्ठान भ्रष्टाचारले आक्रान्त बनेर कोल्याप्स हुन लाग्दा पनि कुलपतिसमेत रहेका प्रधानमन्त्रीे केपी ओलीले समस्या समाधान गर्न पहल नगरेको आरोप लगाउनु भयो ।

प्रतिष्ठान शुद्धिकरण अभियान संर्घष समितिका सहसंयोजक डा.विष्णु पोखरेलले प्रतिष्ठानलाई सही नेतृत्व दिन नसकेका उपकुलपती डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक गौरीशंकर साहले राजिनामा नदिए सबै चिकित्सक तथा कर्मचारीहरुले सामूहिक राजीनामा दिने चेतावनी दिनु भएको छ ।