१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


चिनियाँ कम्पनी अमेरिकामा प्रतिबन्ध, मोबाइल र प्रविधि विस्तारमा चीनलाई धक्का


0
Shares

एजेन्सी । अमेरिकाले चिनियाँ कम्पनीहरुमा अमेरिकी लगानीमाथिको प्रतिबन्धलाई बिस्तार गरेको छ ।

राष्ट्रपति जो बाइडेनले आफ्ना नागरिकलाई दर्जनौं चिनियाँ टेक र रक्षा कम्पनीहरुमा सैन्य सम्बन्ध र लगानी बिस्तारमा रोक लगाइएको घोषणा गर्नुभएको हो ।

राष्ट्रपति बाइडेनले जारी गरेको नयाँ आदेशअनुसार अगस्टको सुरुवातसँगै हुवाइलगायत विभिन्न फार्महरुमा प्रभाव पर्नसक्ने अनुमान गरिएको बीबीसीले जनाएको छ ।

राष्ट्रपति बाइडेनको यो निर्णय अघिल्लो सरकारको योजनालाई निरन्तरता दिने भएको कतिपय विश्लेषकहरुले दावी गरेका छन् ।

यता चीनले भने अमेरिकाले उक्त निर्णयको आधिकारिक रुपमा घोषणा गर्नुअघि नै पुर्नविचार गर्न आग्रह गरेको थियो ।

नयाँ आदेशअन्र्तगत अमेरिकी लगानीकर्ताहरुलाई चीन सामान्य आणविक उर्जा नियम, चाइना मोबाइल लिमिटेड र कोस्टार समूहलगायत अन्य कम्पनीहरुको सार्वजनिक टे«ड सेक्युरिटी किन्न वा बेच्न प्रतिबन्ध लगाइने छ ।

यो नियम विभिन्न ३१ वटा कम्पनीमा लागू हुने बताइएको छ । प्रतिबन्धित कम्पनीहरुको सूची रक्षा मन्त्रालयले सार्वजनिक गर्ने बताइएको छ ।

यसैबीच हुवाइ कम्पनीले अमेरिकाले सन् २०१९ मा आफूमथि लगाएको प्रतिबन्धले आफ्नो व्यवसाय बिस्तारमा ठूलो असर परेको जनाएको थियो ।

गत जुलाइमा कम्पनीले सुरक्षा जोखिम देखाएको दावी गर्दै अमेरिकी कदमले बेलायती कम्पनीलाई आफ्नो क्षमता र प्रविधि विस्तारमा प्रभाव पार्ने जनाएको थियो ।