
काठमाडौं । साविक विजेता बार्सिलोना स्पेनिस ला–लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
गएराती भएको खेलमा रियाल भालाडोलिडलाई ५–० ले हराउँदै बार्सिलोना लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
आफ्नै मैदान नुओ क्याम्पमा बार्सालाई विजयी गराउन लियोनल मेस्सीले दुई तथा लुइस सुवारेज, क्लेमेन्ट लेङ्गेट र अर्टुरो भिडालले एक एक गोल गरे ।
ला लिगाकै अर्को खेलमा एथ्लेटिको मड्रिडले आलाभेजसँग १–१ गोलको बराबरी खेल्यो ।
गएरातीका खेलहरुपछि बार्सिलोनाले १० खेलबाट २२ अंक जोडेको छ । समान खेलबाट २० अंक जोडेको ग्रानाडा दोस्रो स्थानमा झरेको छ ।
एक खेल बढी खेलेको एथ्लेटिको मड्रिड २० अंकका साथ तेस्रो स्थानमा रहेको छ ।
गएराती भएको खेलमा । ९ खेलबाट १८ अंक जोडेको रियाल मड्रिड छैटौं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्