 
	    काठमाडौं, असोज २६ । विश्वकप छनोटअन्तर्गत समूह चरणको चौथो खेल खेल्न नेपालको राष्ट्रिय फुटबल टिम हिजो जोर्डन पुगेको छ । गत बिहीबार अष्ट्रेलियासँग पराजित भएको नेपाल हिजो साँझ जोर्डनको राजधानी अम्मान पुगेको हो ।
नेपालले विश्वकप छनौटको चौथो खेलमा यही मंगलबार जोर्डनको सामना गर्नेछ । नेपाली टिम अष्ट्रेलियाको क्यानबेराबाट सिधै जोर्डन गएको हो । विश्वकप छनौटका तीन खेलमा नेपालले एउटामात्रै जित हात पारेको छ । पहिलो खेलमा कुवेतसँग ७–० ले हारेको नेपालले दोस्रो खेलमा चाईनिज ताइपेइलाई २–० ले हराएको थिायो । तेस्रो खेलमा भने नेपाललाई अष्ट्रेलियाले ५–० ले पराजित गरेको थियो ।
समूह ‘बी’ को नेपालले ३ खेलमा ३ अंक जोडेको छ । नेपालले विश्वकप छनौटमा लगातार चारवटा ‘अवे’ खेल खेल्दैछ । काठमाडौंको दशरथ रंगशाला पुनर्निर्माणको क्रममा रहेकाले नेपालले लगातार चारवटा खेल विपक्षी टोलीको मैदानमा खेल्नुपरेको हो ।
आसन्न १३ औं सागका लागि दशरथ रंगशाला तयार भएपछि बाँकी खेलहरु होम ग्राउण्डमा खेल्ने नेपालको तयारी छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्