Logo ३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026


आशिष पत्रकारिता पुरस्कार इलामका दुई पत्रकारलाई प्रदान


0
Shares

इलाम । आशिष स्मृति पत्रकारिता पुरस्कारबाट इलामका दुई पत्रकार पुरस्कृत भएका छन् । डेढ दशकदेखि पत्रकारितामा क्रियाशील रेडियो नेपालवाणी एफएमका समाचार प्रमुख तथा नेपाल समाचारपत्र दैनिकका इलाम संवाददाता गणेश घिमिरे र एक दशकदेखि पत्रकारीतामा क्रियाशिल रेडियो माङसेबुङका स्टेसन प्रमुख सुमन लावतीलाई सम्मान गरीएको हो ।

साबिकको मेची अञ्चललाई कार्यक्षेत्र बनाएर पत्रकारीता गर्ने क्रियाशील तथा उत्कृष्ट पत्रकारलाई प्रत्येक वर्ष बैशाख १ गते प्रदान गरिँदै आएको पुरस्कार यस वर्षको लावतीलार्ई प्रदान गरिएको हो भने कोरोनाले गर्दा देशमा भएको लकडाउका कारण स्थगित २०७७ सालको पुरस्कार घिमिरेलाई प्रदान गरिएको नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराईले जानकारी दिनुभयो । स्वर्गीय आशिष राईको १८औं स्मृति दिवसको अवसरमा प्रदेश १ का कृषि मन्त्री राम रानाले पत्रकार घिमिरे र लावतीलाई सम्मान प्रदान गर्नुभएको हो ।