Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


बीमा कम्पनीका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले लगातार दुई कार्यकाल जिम्मेवारी बहन गर्न नपाउने


0
Shares

काठमाडौं, चैत ११ । बीमा कम्पनीका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले लगातार दुई कार्यकाल जिम्मेवारी बहन गर्न नपाउने भएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा अन्र्तगतको अर्थ समितिको बैठकले सरकारले प्रस्ताव गरेको बीमा सम्बन्धी कानूनलाई परिमार्जन गर्दै यस्तो निर्णय गरेको हो ।

बैठकले बीमा कम्पनीका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले एउटै संस्थामा लगातार दुई कार्यकाल जिम्मेवारी वहन गर्दा थप चार बर्ष कुर्नुपर्ने व्यवस्था गरेको छ ।

बीमा कम्पनीका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले एक कार्यकाल चार बर्षको हुने ब्यवस्था छ ।

उनीहरुको पदावली बैंक तथा वित्तीय संस्था सम्बन्धी कानून अनुसार नै निर्देश गर्न लागिएको हो ।

बीमा कम्पनीको प्रमुख कार्यकारी निर्देशकमा नियुक्त हुन बीमा, मौद्रिक, बैकिङ्ग, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङकशास्त्र, गणित, अर्थशास्त्र वा वाणिज्य कानून विषयमा कम्तीमा स्नाकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने भएको छ ।

यस्तै, व्यवस्थापन तहमा बीमा क्षेत्रमा भए कम्तीमा ५ बर्ष, बैंक तथा वित्तिय संस्थामा भए ८ बर्ष र दुवै क्षेत्रमा भए एक बर्षको अनुभनसहित कम्तीमा ७ बर्षको अनुभव भएको व्यक्ति प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुन पाउने गरी विधेयक परिमार्जन गरिएको छ ।

सरकारले बीमा व्यवसायलाई व्यवस्थित, नियमित र प्रतिस्पर्धी बनाउन ३३ महिना पहिले संसद्मा बीमा विधेयक पेश गरेको हो ।

संसदमा पेश भएको लामो समयपछि मात्रै उक्त विधेयकमाथि दफावार छलफल सकिएको छ ।