Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


बालिका बलात्कारको आरोपमा ७० वर्षीय वृद्धसहित ५ जना पक्राउ


0
Shares

डडेल्धुरा, चैत २ । डडेल्धुरामा १४ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा ७० वर्षीय वृद्ध सहित ५ जना पक्राउ परेका छन ।

परशुराम नगरपालिकाकी बालिकालाई बलात्कार गरेको आरोपमा सोही नगरपालिकाका ७० वर्षिय प्रताप भट्टराई, २८ वर्षिय बल बहादुर पुन मगर, १९ वर्षिय राजेश थापा मगर, १६ वर्षिय जगदिश थापा मगर पक्राउ परेका हुन ।

बालिकालाई बिगत २ महिना देखि बारम्बार बलात्कार गरेको भन्दै उनका दाईले जाहेरी दिए पछि उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक यज्ञराज भट्टले जानकारी दिनुभएको छ ।

आरोपित मध्ये फरार भएका एकजनाको खोजि भैरहेको प्रहरीले जनाएको छ ।