Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


कञ्चनपुरमा १५ जनामा स्क्रब टाइपसको संक्रमण


26
Shares

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षमा स्क्रब टाइपसका बिरामीको संख्या बढ्ने देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षको चार महिनामा कञ्चनपुरमा १५ जनामा स्क्रब टाइपसको संक्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार गत वर्ष जिल्लामा २२ जनामा यसको संक्रमण देखिएको थियो ।

तर यस वर्षको पहिलो चौमासिकमै १५ जनामा स्क्रब टाइफस देखिएकाले अझै बिरामी बढ्न सक्ने जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताउनुभयो ।

मुसा, छुचुन्द्रोलगायत जीवका कानमा बस्ने एक प्रकारको सूक्ष्म किरा झारपातबाट मानिसमा सरेपछि स्क्रब टाइपस हुने गर्दछ ।

उहाँका अनुसार सबैभन्दा बढी महाकाली नगरपालिकामा ८ जनामा यसको संक्रमण देखिएको छ ।

स्क्रब टाइफसको संक्रमण भएमा मानिसमा एकनासले ज्वरो आउने, टाउको भारी हुने, चिटचिट पसिना आउने, आँखा वरिपरी दुख्ने, थकाइ लाग्ने, कमजोर हुने, घाँटी वरिपरी रातो हुने जस्ता लक्षण देखा पर्ने चिकित्सकहरु बताउँछन् ।