
काठमाडौं, कात्तिक ३० । पछिल्लो २४ घण्टामा १४७७ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४७७ जना कोरोना संक्रमित थपिएका हुन् ।
यो सँगै नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७७६ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७९८ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा हालसम्म १ लाख ७३ हजार ४३० जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार १२५ छन् ।
पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या १२२१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६४७६ जनाको पिसिआर परीक्षण भएको छ ।
प्रतिक्रिया दिनुहोस्