५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


काठमाडौं उपत्यकामा १२०७ सहित २१११ जना संक्रमित थपिए, थप १३ जनाको मृत्यु


0
Shares

काठमाडौं, कात्तिक २८ । नेपालमा पछिल्लो २४ घण्टामा २१११ जना कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गर्दा २१११ जना संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५३७ जना डिस्चार्ज भएका छन् ।

अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १६८१२९ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२०२ पुगेको छ ।

काठमाडौं उपत्यकामा २४ घण्टामा १२०७ जना संक्रमित भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ९१९, ललितपुरमा १८० र भक्तपुरमा १०८ जना संक्रमित थपिएका छन् ।