Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


स्याङ्जामा एकैदिन एक सय ११ जना फरार प्रतिवादी पक्राउ


0
Shares

स्याङ्जा । स्याङ्जामा एकैदिन एक सय ११ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

चाडपर्व मान्न घरमा आएको मौका पारेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

अपराध गरेपछि कानुनको दायराबाट कोही पनि उम्किन सक्दैन भन्ने चेतना जगाउन पनि योजना बनाएर एकैसाथ ठूलो संख्यामा फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

अदालतले फैसला गरी सजाय तोकिएर पनि फरार रहेका ९७ पुरुष र १४ महिला गरी एक सय ११ जनालाई पक्राउ गरेर स्याङ्जा जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ ।

चाडपर्वका बेला धेरै मानिसको आवागमन हुने भएकाले प्रहरीले दशैँ अघिदेखि नै उनीहरुको निगरानी गर्दैै आएको थियो ।