२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


बिहीबार उपत्यकामा १३९८ सहित ३०५१ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु


0
Shares

काठमाडौं, कात्तिक २० । नेपालमा पछिल्लो २४ घण्टामा ३०५१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३०५१ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा १३९८ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा १०९१, ललितपुरमा १६० र भक्तपुरमा १४७ जना संक्रमित थपिए छन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३४३० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको संख्या १ लाख ४८ हजार ४०४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार ६८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

हाल सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ ।

यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५२ पुगेको छ ।