
हेटौडा । मकवानपुरमा थप ७९ जनामा कोरोना पुष्टि भएको छ ।
आज बिहान सार्वजनिक गरिएको नतिजामा मकवानपुरमा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरका जन स्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाइँले जानकारी दिनुभयो ।
हेटौंडा– १० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्रमा गरिएको परीक्षणमा ७९ जनामा कोरोना पुष्टि भएको छ ।
हेटौंडा उपमहानगरका विभिन्न वडाका ७३ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै बकैया गाउँपालिकाका १ जना, मकवानपुरगढी गाउँपालिकाका २ जना र जिल्ला बाहिरका ३ जनामा पनि कोरोना पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस्