
फाइल तस्वीर ।
कैलाली । कैलालीको धनगढीमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका–५ की ५७ वर्षीया संक्रमित महिलाको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिनुभयो ।
मृतकलाई भदौ १७ गते कोरोना पुष्टि भएको थियो । कडा खालको लक्षण देखिएपछि १९ गते अस्पतालमा भर्ना गरिएको थियो ।
संक्रमितको प्लाज्मा थेरापीमार्फत उपचार भइरहेको थियो । मृतकलाई रेम्डेसिभिर औषधिसमेत प्रयोग गरिएको सुचना अधिकारी श्रेष्ठले बताउनुभयो ।
योसँगै सुदूरपश्चिममा संक्रमित मृतकको संख्या १५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्