
काठमाडौं । रोमाञ्चक डेट र क्याण्डल लाइट डिनरले मात्रै प्रेमसम्बन्ध सुमधुर बनाउँदैन ।
स्वस्थ जीवनशैली, खानेबानी र व्यायामले पनि प्रेम जीवनमा उत्तिकै भूमीका खेलेको हुन्छ ।
यौन जीवनलाई लिएर जोडीहरुले निक्कै कुरा सोचेका हुन सक्छन् । आफूले सोचेको जस्तो यौन जीवनका लागि केहि खानेकुराले महत्वपूर्ण भूमिका खेल्दछ ।
अमेरीकि यौनविशेषज्ञ सिन्थिया सासले भनेका छन् –‘निश्चित खाना र पौष्टिक तत्वले यौन चाहना बढाउने र स्वस्थ यौन जीवनमा मद्दत गर्ने खोजबाटै देखिएको छ ।’
स्ट्रबेरी
स्ट्रबेरी सेवनले तपाईको यौन जीवनमा महत्वपूर्ण भूमिका खेल्दछ । स्टबेरी सेवनले महिला र पुरुष दुवैमा सरल रक्तसञ्चार गर्न सहयोग गर्दछ । यौन सुखका लागि सरल रक्तसञ्चारले महत्वपूर्ण भूमिका खेल्दछ ।
स्ट्रबेरीमा प्रशस्तै ‘एण्टिअक्सिडेण्ट’ पाइन्छ, जुन मुटुको स्वास्थ्यको लागि एकदमै अनुकूल प्रमाणित भएको छ । एण्टिअक्सिडेण्टले पुरुषहरूको शुक्रकीट उत्पादन क्षमतामा वृद्धि गर्ने विभिन्न अनुसन्धानले देखाएको छ ।
एवोकाडो
यो सुपरफ्रूटमा प्रशस्तै भिटामिन–ई पाईन्छ । जसमा एण्टिअक्सिडेण्टको विशेषता हुन्छ । एवोकाडो सेवनले तपाईलाई मुटु रोगबाट बचाउँछ ।
एक अनुसन्धानले मुटुरोगी पुरुषमा लिङ्ग उत्तेजना नहुने समस्या देखिने तथ्य सार्वजनिक गरेको थियो । अवोकाडो सेवनले मुटु रोगबाट बचाउँने भएकाले यौन जीवनमा पनि फलदायी सावित भएको छ ।
बदाम
बदाममा जिङ्क, सेलेनियम र भिटामिन–ई पाइन्छ । जुन एकप्रकारको भिटामिन र खनीज पदार्थ हो र मानिसको यौन स्वास्थ्य र प्रजनन स्वास्थ्यका लागि यी पदार्थहरू फाइदाजनक सावित भएका छन् ।
सेलेनियमले बाँझोपनाको समस्याबाट राहत दिन्छ भने भिटामिन–ई ले यौनचाहना बढाउँदछ । जिङ्कले पुरुषहरूमा यौन हरमोनको विकास गराउँदछ ।-एजेन्सी/साप्ताहिक
प्रतिक्रिया दिनुहोस्