
कैलाली । दुई प्रहरी कार्यालयभित्रै कुटिएका छन् ।
ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती कञ्चनपुरमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) गोपाल बोहरा र एकजना प्रहरी हवल्दार कार्यालय भित्रै कुटिएका हुन् ।
हिजो पुनर्बास नगरपालिकाका मेयर जीवनराम थापाका माहिला छोरा देवेन्द्र थापा, भतिज स्वकीय सचिव टेक थापालगायतको समूहले ईलाका प्रहरी कार्यालयमा ढुंगामुडा गर्नुका साथै कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ ।
जुवा खेलिरहेका व्यक्तिहरुलाई पक्राउ गरेर ईलाका प्रहरी कार्यालय ल्याइएपछि उनीहरुलाई छुटाउन गएको उक्त समुहले ढुंगामुढा गर्दै प्रहरीलाई कुटपिट गरेको प्रहरीले बताएको छ ।
यता प्रहरीले उल्टै आफूलगायत त्यहाँ गएको समूहलाई नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेको टेक थापाले बताएका छन् ।
कुटपिटबाट घाइते उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरी नायब उपरीक्षक अमर थापाले जुवा खेलिरहेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएपछि ढुंगामुडा गर्न खोज्नेमाथि सामान्य बल प्रयोग गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्