
काठमाडौं । स्वाब संकलन गराएका अधिकांश व्यक्ति रिपोर्ट नआउँदासम्म होम आइसोलेसनमा नबस्दा कन्ट्याक्ट ट्रेसिङको काम थप जटिल बन्दै गएको बताइएको छ ।
समुदायस्तरमा कोरोना फैलिएको पुष्टि भएपछि नवलपरासी (पश्चिम) जिल्लामा कन्ट्याक्ट ट्रेसिङको काम थप जटिल बन्दै गएको हो ।
स्वाब संकलन गराएका अधिकांश व्यक्ति रिपोर्ट नआउँदासम्म होम आइसोलेसनमा नबसी हिँडडुल गर्ने गरेको पाइएकाले कन्ट्याक्ट ट्रेसिङको काम जटिल बन्दै गएको स्वास्थ्य कार्यालयले जनाएको हो ।
सम्भावित सङ्क्रमितले स्वाब संकलन गराउने तर स्वाब संकलन गराएपश्चात् होम आइसोलेसनमा नबस्ने गरेपछि कन्ट्याक्ट ट्रेसिङको काम थप जटिल बन्दै गएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालयका अनुसार स्वाब संकलन गराउने व्यक्ति सम्भावित संक्रमित हुनसक्छ ।
स्वाब संकलन गराएपछि सम्भावित सङ्क्रमित रिपोर्ट नआएम्म होम आइसोलेसनमा अनिवार्य रूपमा बस्नुपर्ने हुन्छ ।
अनिवार्यरूपमा होम आइसोलेसनमा नबस्ने र रिपोर्ट आउने समयसम्म संक्रमित व्यक्तिको हिँडडुलकै कारण अन्य व्यक्तिलाई पनि संक्रमण फैलिसकेकाले कन्ट्याक्ट ट्रेसिङको काम थप जटिल बन्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्