 
	    काठमाडौं । पछिल्लो समय थुनुवाका कारण पनि प्रहरीमा संक्रमणको जोखिम बढ्दै गएको छ ।
यस्तै एक घटनामा एक हत्या आरोपी संक्रमितबाट उसको पक्राउमा संलग्न प्रहरी टोलीका सबै सदस्यमा संक्रमण देखिएको आशंका गरिएको छ ।
केही समय अघि काठमाण्डौंमा भएको एक हत्यामा संलग्न भएको आरोपमा दोलखाका दोर्जे शेर्पालाई महाराजगञ्ज प्रहरीले पक्राउ गरेको थियो ।
दोर्जेमा सक्रमण पुष्टिभएसंगै संलग्न प्रहरीहरुमा पनि कोरोना सरेको बताइएको छ ।
पक्राउमा संलग्न एक निरीक्षक, एक प्रहरी नायब निरीक्षक र एक प्रहरी सहायक निरीक्षक सहित ९ जनामा संक्रमण देखिएको हो ।
संक्रमित प्रहरीहरुलाई प्रहरी अस्पतालको आइसुलेशन केन्द्रमा राखिएको जनाइएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्