
चितवन । भरतपुर महानगरपालिका–१ पुतलीबजार वस्ने एकै परिवारका तीन जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा शुक्रबार गरिएको परिक्षणमा उक्त घरका ४६ वर्षीय पुरुष र ३८ वर्षीया महिलामा कोरोना पुष्टी भएको हो ।
यसअघि उनीहरुका ७९ बर्षिय बुवालाई कोरोना पुष्टि भएपछि उनीहरुको परिक्षण गरिएको थियो ।
उनीहरुमासमेत संक्रमण पुष्टि भएपछि परिवारमा रहेका दुई नाती र एक जना कामदारको पनि कोरोना परीक्षण गरिने भएको छ ।
आजदेखि चितवनको मिनिसो मार्ग चोक देखि मेन रोड सम्मको क्षेत्र अर्को आदेश नभएसम्मको लागि सिल गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्