Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


पर्साका सबै स्थानमा निषेधाज्ञा जारी


0
Shares

वीरगन्ज । पर्साका सबै स्थानहरुमा साउन १९ गते सोमबार विहान ५ बजेदेखि निषेधाज्ञा जारी भएको छ ।

प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीको अध्यक्षतामा शनिबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका सबै स्थानमा निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ ।

साउन १० गतेदेखि जिल्लाको सदरमुकाम वीरगन्ज महानगरपालिका क्षेत्रभित्र लागु हुनेगरी अर्काे आदेश नहुन्जेलसम्मका लागि जारी गरिएको निषेधाज्ञा सदमुकाम बाहिर पनि लागु गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनुभयो ।